दफा
पेटेण्ट दर्ता हुन नसक्ने
: (१) देहायका अवस्थामा विभागले यस ऐनबमोजिम पेटेण्ट दर्ता गर्न हुँदैन ः-
(क) पहिले नै अरू कसैको नाममा दर्ता भइसकेको रहेछ, वा
(ख) दरखास्तवालाले दर्ता गराउन चाहेको पेटेण्ट आफैले आविष्कार नगरेको र आविष्कार गर्ने व्यक्तिबाट हक पनि प्राप्त नगरेको रहेछ, वा
(ग) दर्ता गराउन चाहेको पेटेण्टबाट सर्वसाधारण जनताको स्वास्थ्य, सदाचार वा नैतिकता वा राष्ट्रिय हितमा कुनै प्रतिकूल असर पर्ने रहेछ, वा
(घ) कुनै प्रचलित नेपाल कानूनको बर्खिलाप हुने रहेछ भने ।
तर खण्ड (क) मा लेखिएको कुनै कुराले दफा ९ बमोजिम पेटेण्टको दर्ता दाखिल खारिज गर्न बाधा पु¥याएको मानिने छैन ।
(२) उपदफा (१) मा लेखिएको अवस्थामा विभागले दर्ता भइसकेको कुनै पेटेण्टको दर्ता बदर गर्न सक्नेछ ।
तर सो बमोजिम कुनै पेटेण्टको दर्ता बदर गर्नु भन्दा अगावै पेटेण्टवालालाई सो पेटण्टको दर्ता बदर हुन नपर्ने कुनै कारण भए देखाउन मनासिव माफिकको मौका दिनुपर्छ ।